विश्वकप: सबैभन्दा धेरै कमाउने १० प्रशिक्षकहरु-कसले कति लिन्छन् ?

विश्वकप: सबैभन्दा धेरै कमाउने १० प्रशिक्षकहरु-कसले कति लिन्छन् ?

काठमाडौं -यतिवेला विश्वकपको चर्चा यत्रतत्र छ । विश्वकपमा खेलाडीको मात्रै होइन, उनीहरुको नेतृत्व गर्ने प्रशिक्षकबारे पनि उत्तिकै चर्चा हुने गर्छ ।

कुन प्रशिक्षक कस्तो ? कसको रणनीति राम्रो ? कुन प्रशिक्षकले कुन शैलीमा फुटबल खेलाउँछन् ? कसले कुन खेलाडीलाई आफ्नो टिममा राखे ? अनेकौं जिज्ञासा फुटबल समर्थकहरुले राख्ने गर्छन् ।
त्यस्तै कुन प्रशिक्षकको गेटअप कस्तो ? कसले कति पारिश्रमिक लिन्छन् ? यस्ता प्रश्नहरु पनि फुटबल समर्थकहरुले सोध्ने गर्छन् ।

यसपटकको विश्वकपमा सेनेगलका प्रशिक्षक अलिउ सिसे सबैभन्दा कम पारिश्रमिक लिने प्रशिक्षकको रुपमा रहेका छन् । ४२ वषर्ीय प्रशिक्षकको तलब प्रतिवर्ष २ लाख युरो मात्रै रहेको छ । त्यसोभए कुन देशका प्रशिक्षकले धेरै कमाउँछन् त ?

ब्राजिल, इंग्ल्याण्ड, अर्जेन्टिना, फ्रान्स, जमर्नी, स्पेन जस्ता देशहरुले आफ्नो प्रशिक्षकलाई धेरै तलब दिन्छन होला भन्ने तपाईलाई लाग्न सक्छ । तर, धेरै पारिश्रमिक लिने प्रशिक्षकहरुमा कुनै नामहरु भने आश्चर्यजनक रुपमा अगाडी रहेका छन् ।

सबैभन्दा धेरै कमाउने १० प्रशिक्षकहरु

१०. ओस्कार टाबारेज
देशः उरुग्वे
पारिश्रमिकः १७ लाख युरो

९. जर्ज साम्पोली
देशः अर्जेन्टिना
पारिश्रमिकः १८ लाख युरो

८. जर्ज साउथगेट
देशः इंग्ल्याण्ड
पारिश्रमिकः २० लाख युरो

७. कार्लोस क्वेरोज
देशः इरान
पारिश्रमिकः २० लाख युरो

६. फनान्र्डो सान्तोस
देशः पोर्चुगल
पारिश्रमिकः २२ लाख ५० हजार युरो

५. स्तानिस्लाभ चेर्चेसोभ
देशः रुस
पारिश्रमिकः २६ लाख युरो

४. जुलेन लोपेटेगुइ
देशः स्पेन
पारिश्रमिकः ३० लाख युरो

३. डिडियर डेसक्याम्प्स्
देशः फ्रान्स
पारिश्रमिकः ३५ लाख युरो

२. टिटे
देशः ब्राजिल
पारिश्रमिकः ३५ लाख युरो

१. योचिम लो
देशः जर्मनी
पारिश्रमिकः ३८ लाख ५० हजार युरो