फुटबलर सागर थापासहित ६ जनालाई ‘म्याच फिक्सिङ’आरोपको सफाइ

 फुटबलर सागर थापासहित ६ जनालाई ‘म्याच फिक्सिङ’आरोपको सफाइ

काठमाडौं – म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

राष्ट्रिय फुटवल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

बिहीबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइको फैसला गरेको हो।  उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।