नेपाल टेलिकमको मोबाइलमा पनि ब्यालेन्स सापटी लिन पाइने

नेपाल टेलिकमको मोबाइलमा पनि ब्यालेन्स सापटी लिन पाइने

काठमाडौं, १६ चैत । अब नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दा गर्दै पैसा सकिएर काटिने समस्या समाधान भएको छ ।

नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै (ब्यालेन्स) सकिएर फोन काटिने समस्या समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले (नमस्ते क्रेडिट सेवा)को गरेका छन् । अब नेपाल टेलिकमको प्रयोगकर्ताले पनि सापटि लिएर कुरा गर्न सक्नेछन् ।

नमस्ते क्रेडिट सेवा सुचारु गर्ने तरीका :
नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा STOPटाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको (क्रेडिट टक टाइम) को सुविधा प्राहकले प्राप्त गर्नेछन् । हालका लागि भने यो सुविधान यो सुविधा प्रिपेड सेवामा मात्र लागू गरिएको टेलिकमले जानकारी दिएको छ ।