चीन-नेपाल रेल: कहिले आउला चिनियाँ रेल?

चीन-नेपाल रेल: कहिले आउला चिनियाँ रेल?

काठमाडौं – चीनको सीमावर्ती क्षेत्रबाट काठमाण्डू जोड्ने भनिएको बहुचर्चित रेलको बाटोबारे अबको तीन महिनाभित्र टुङ्गो लाग्ने बताईएको छ ।

सम्बन्धित उच्चअधिकारीहरूले जनाए अनुसार उक्त रेलमार्गबारे हाल जारी पूर्वसम्भाव्यता अध्ययनमा चिनियाँ प्राविधिकहरूसँगै संलग्न नेपाली अधिकारीहरूका अनुसार अगस्ट महिनाभित्रमा कुन विन्दुबाट काठमाण्डू जोड्दा आर्थिक तथा भौगर्भिक लगायतका दृष्टिले उपयुक्त हुनेछ भन्ने प्रतिवेदन तयार हुने बताईएको हो ।

चिनियाँ टोलीले काठमाण्डू जोड्ने मार्गबारे विभिन्न तीन विकल्पमा अध्ययन गरिरहेको विविसीमा समाचार छ, केरुङ वा तातोपानीबाट काठमाण्डू जोड्ने या केरुङको केही पूर्व क्षेत्रबाट रेलमार्ग ल्याउने भन्नेबारे अध्ययन भइरहेको जनाइएको छ।

संयुक्त अध्ययनमा संलग्न नेपाली टोलीका सदस्य एवम् रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय तीनैवटा विकल्पअन्तर्गतमा विचार गरिएका विन्दुबारे भन्छन्, गल्छी, दोलालघाट, केरुङसँग जोडिएको क्षेत्रको अध्ययन भइरहेको छ ।

जवाफमा उपाध्याय भन्छन्, ूहामी चीन जाँदा र चिनियाँ टोली यहाँ आउँदा यही अगस्ट महिनाभित्र रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पूरा गर्ने सहमति भएको छ।

त्यसको अर्थ अबको करिब तीन महिनामा कुन मार्ग हुँदै रेल ल्याउँदा आर्थिक रुपमा कम भार पर्ने तथा भौगोलिक वा भौगर्भिक दृष्टिले सुरक्षित हुनेछ भन्ने टुंगो लाग्नेछ।

केरुङ, काठमाण्डू जोड्ने बाटो भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण रहेको तथा धेरै सुरुङ बनाउनुपर्ने अवस्था रहेको भन्दै उक्त रेलमार्ग निर्माणप्रति यसअघि आशंका व्यक्त नभएका पनि होइनन्।

सम्भवतः त्यसैले वैकल्पिक मार्गबारे पनि विचार भइरहेको हुनसक्छ।

पूर्वसम्भाव्यताको त्यस्तो काम सकिएपछि डेढ वर्षजतिमा सम्भाव्यता अध्ययन हुने अधिकारीहरू बताउँछन् जसपछि बल्ल विधिवत् निर्माण प्रक्रिया थाल्न सकिनेछ।

त्यसअघि उक्त रेलमार्ग कुन वित्तीय प्रारुपमा बनाउने भन्ने लगायतका विषयपनि टुंग्याइसक्नुपर्नेछ।

नेपालले अर्बौं रुपैयाँ लाग्ने उक्त रेलमार्ग चिनियाँ अनुदानमै बनाउन बेइजिङलाई आग्रह गरिसकेको छ र सो विषयले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा औपचारिकता पाउने ठानिएको खबर विविसीमा छ ।

कहिले आउला चिनियाँ रेल?

बेइजिङमा यसै हप्ता भएको बेल्ट एण्ड रोडु सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डललाई चिनियाँ पक्षले नेपालमा रेल सञ्जाल निर्माणबारे छलफल अघि बढाउन आफू सकारात्मक रहेको जवाफ दिएको थियो ।

अघिल्लो हप्ता प्राचीन रेशम मार्गको आधुनिक स्वरुपमार्फत एसिया, युरोप र अफ्रिका जोड्ने पूर्वाधारहरु बनाउने लक्ष्य बोकेको महत्वाकांक्षी ुबेल्ट एण्ड रोडु परियोजनामा सहभागी हुने प्रतिबद्धता सहित नेपालले चीनसँग एउटा समझदारीपत्रमा हस्ताक्षर गरेको थियो।

त्यसलगत्तै आइतबार बेइजिंगमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको उच्चस्तरीय ुबेल्ट एण्ड रोडु सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा सहित दुई मन्त्रीहरुले सहभागीता जनाएका थिए।

चिनियाँ सञ्चार माध्यमले करिब ८ अर्ब डलरसम्म खर्च लाग्न सक्ने अन्तरदेशीय रेल सञ्जाल निर्माणको बिषयमा नेपालले चीनसँग कुराकानी गरेको उल्लेख गरेका छन्।

उक्त सम्मेलनको मेसो मिलाएर नेपाली पक्षले चिनियाँ स्टेट काउन्सीलका भाइस प्रिमियर वाङ याङसँग छलफल गरेको थियो।

त्यसक्रममा नेपालमा रेल सञ्जाल निर्माणको बिषयमा कुराकानी भएको बेइजिगं स्थित नेपाली राजदूतावासले जनाएको छ।विविसीबाट