फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३-३ रुपैयाँ प्रतिलिटरको दरले वृद्धि हने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको ११३ तथा डिजेल र मट्टीतेलको ९५ रुपैयाँ कायम हुनेछ ।

शनिबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जानकारी गराएको छ ।