टी-२० ट्राई सिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल

टी-२० ट्राई सिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल

काठमाडौँ – गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल ओडिआई स्ट्याटस पाएको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको छ।

जुलाई २९ मा लर्डस्मा हुने  टी-२० ट्राई सिरिजपछि नेपाल र नेदरल्याण्डबीच खेल हुन लागेको क्रिकबजले जनाएको छ।

आगामी अगष्ट १ र ३ मा नेदरल्याण्ड्समै उक्त खेल हुने क्रिकेट वेबसाइट क्रिकबजले बुधबार उक्त समाचार पोस्ट गर्दै उल्लेख गरेको छ।

लर्डसमा नेपालसँगै नेदरल्याण्ड्स र एमसीसीले खेल्नेछ। तर नेपालका प्रशिक्षक जगत टमाटाले भने यसबारे आधिकारिक जानकारी आइनसकेको पहिलोपोस्टले यो खबर लेखेको छ ।

‘हामीलाई अफिसियल्ली केही जानकारी आएको छैन। अब आइसीसीमार्फत आउनुपर्ने हो। टमाटाले भने। ‘हामीले अप्रोच चाहिँ गरेको हो ओडिआई खेल्न इच्छुक भनेर। लर्ड्सको टुरपछि खेल्छौँ भनेको हो। मे बी आज आउन पनि सक्छ।