धोनीको चेन्नइले जित्यो आइपीएल २०१८ को उपाधि

धोनीको चेन्नइले जित्यो आइपीएल २०१८ को उपाधि

काठमाडौं – महेन्द्रसिंह धोनीको टिम चेन्नइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग आइपीएल २०१८ को उपाधि हात पारेको । जितसँगै चेन्नइले (२० करोड भारू ३२ करोड रुपैयाँ) जितेको हो ।

फाइनलमा सनराइजर्स हैदरावादले दिएको १७९ रनको लक्ष्य २ विकेटको क्षतिमा चेन्नइले १८।३ ओभरमा पूरा गरेको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा चेन्नइका सेन वाट्सनले धमाकेदार पारी खेलेका थिए। उनले नटआउट ५७ बलमा ११७ रन बटुलेका थिए। त्यस्तै अम्बाती रायुडूले पनि नटआउट १७ रन बनाए।

चेन्नइका वाट्सनका सामू हैदरावादका धुरन्धर बलरले घुँडा टेकेका थिए। चेन्नइका सुरैश रैना ३२, फाप डू प्लेसिस १० र रन बनाएर आउट भएका थिए। हैदरावादका लागि भने सन्दीप शर्मा र कार्लोस ब्रेथवेटले एकएक विकेट मात्र लिन सके।

अफगानिस्तानका बलर जसले आइपीएलमा हैदरावादका लागि यसअघिका खेलमा धमाका बलिङ गरेका थिए फाइनलमा धोनीको चेन्नइसामू भने जादू देखाउन सकेनन्।

मुम्बईको वनखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो। हैदरावादका लागि कप्तान केन विलियम्सनले ४७ र युसुफ पठानले ४५ रन बनाएका थिए।