हलमा ‘बेबि आई लभ यू’, ’अमेरिका ब्वाइज’ र ‘हरी’

हलमा ‘बेबि आई लभ यू’, ’अमेरिका ब्वाइज’ र ‘हरी’

काठमाडौं – सदाझै आज शुक्रबारबाट पनि एकसाथ दर्शकले तीन नयाँ चलचित्र हेर्न पाउने छन् । फ्राइडे रिलिज अन्तर्गत एकसाथ तीन चलचित्र प्रदर्शनमा आएपछि दर्शकलाई सो अवसर जुरेको हो । आजबाट प्रदशनमा आएका चलचित्र हुन् –‘बेबि आई लभ यू’, ’अमेरिका ब्वाइज’ र ‘हरी’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘बेबी आई लभ यू’
जनक पाण्डेको निर्देशन रहेको यो चलचित्रमा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय देख्न सकिन्छ । लिची इन्टरटेन्मेन्ट प्रा।लिको ब्यानरमा शिव न्यौपाने निर्माता रहेको चलचित्रमा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् । पूर्ण प्रेमकथामा बनेको चलचित्र दर्शकले रुचाउने निर्माण युनिटको भनाई रहेको छ । सन्तोष र पूजा बीचको प्रेम र विछोड कथाले दर्शक रोमान्चित हुने अभिनेता सन्तोषले बताए ।

‘अमेरिका बोइज’
प्रवेश पौडेल निर्देशित चलचित्रमा अर्पन थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आसिश प्रसाई, सृष्टि कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय छ । सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेन्मेन्टस्को ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले चलचित्र निर्माण गरेका हुन । चलचित्रका कार्यकारी निर्माता समिर खरेल हुन् भने सह–निर्माताका रुपमा अनुप थापा, यमुना खरेल र राज केसी रहेका छन् ।

‘हरी’
बिपिन कार्कीको फरक खालको अभिनय रहेको हर सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशानमा तयार भएको छ । बिपिनसँगै चलचत्रिमा सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लह्मो, लक्ष्मी बर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, राम भजन कामत, सुनिशा बजगाई लगायतको अभिनय रहेको छ । सूश्रयोगेश्वर पौडेल थाक्पा तमाङ र माधव थापा कार्यकरी निर्माता, चिन्तन राजभण्डारीको छायाँकन र अर्जुन कार्कीको सम्पादन चलचिमा छ । चलचित्रमा बिपिन कार्कीको ४ भूमिका देख्न सकिन्छ ।