पाल्पामा बस दुर्घटना : १२ जनाको मृत्यु, ११ बढी घाईते

पाल्पामा बस दुर्घटना : १२ जनाको मृत्यु, ११ बढी घाईते

पाल्पा–पाल्पामा तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा थप १० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अबस्था गंभीर छ ।

दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ । मृतक मध्ये ११ को सनाखत भएको छ ।

सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।

११ जनाको घटनास्थलमै र एक जनाकोउपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान सडकबाट खसेको हो ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएका १५ जनालार्इ उद्धार गरी अस्पताल लगिएको छ ।