किमसँगको शिखर वार्ता अव कहिले ? यसो भन्छन् - डोनल्ड ट्रम्प

किमसँगको शिखर वार्ता अव कहिले ? यसो भन्छन् - डोनल्ड ट्रम्प

काठमाडौं - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङअनसँग अर्को महिना शिखर वार्ता हुन सक्ने बताएका छन्।

जुन १२ तारिखमा हुने भनेर निर्धारित गरिएको भेट अचानक स्थगित गरेको घोषणा गरेको भोलिपल्ट पत्रकारहरूसँग कुरा गर्दै ‍ट्रम्पले अमेरिकी तथा उत्तर कोरियाली पक्षबीच हाल छलफल चलिरहेको बीबीसीले बताएका छ । 

उनले भने, अब के हुन्छ भनी हामी हेर्दैछौँ। अहिले हामी उत्तर कोरियासँग छलफल गर्दैछौँ। हेरौँ अब के हुन्छ। जुन १२ मै पनि शिखर बैठक हुन सक्छ।


उत्तर कोरियाली उपविदेशमन्त्रीले जारी गरेको विज्ञप्तिको पनि ट्रम्पले प्रशंसा गरेका छन्। सो विज्ञप्तिमार्फत् उत्तर कोरियाले आफू अमेरिकासँग कुनै पनि समय र कुनै पनि प्रकारमा कुरा गर्न तयार रहेको बताइएको छ।