नेपाल कम्युनिस्ट पार्टीः सूचीमा हेर्नुहोस् केन्द्रीय सदस्यहरुको नाम

नेपाल कम्युनिस्ट पार्टीः सूचीमा हेर्नुहोस् केन्द्रीय सदस्यहरुको नाम

काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ । जसमा ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् ।

जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपश्चात् ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएको थियो। सहमतिअनुसार एमालेतिरबाट २४१ र माओवादीतिरबाट २०० जनाले केन्द्रीय सदस्यमा प्रवेश पाएका थिए।

सोमबार बसेको सचिवालय बैठकले ४४१ जनाको नाम अनुमोदन गरेको थियो। विघटित दुई पार्टीमा वरीयता क्रम छुट्याउने क्रममा विवाद देखिएपछि अन्ततः वर्णानुक्रम अनुसार नाम सार्वजनिक गरिएको हो।

सोमबार बसेको सचिवालय बैठकले ४४१ जनाको नाम अनुमोदन गरेको थियो। विघटित दुई पार्टीमा वरीयता क्रम छुट्याउने क्रममा विवाद देखिएपछि अन्ततः वर्णानुक्रम अनुसार नाम सार्वजनिक गरिएको हो।