सम्भाबना बोकेका गायक प्रकाश न्यौपाने

सम्भाबना बोकेका गायक प्रकाश न्यौपाने

 

युबा पुस्तामाझ लोकप्रियता कमाई रहेका आर एन्ड बी गायक प्रकाश न्यौपाने नेपाली सँगितमा सकृय हुँदै अगाडी बढिरहेका सम्भावना बोकेका गायक हुन ।

सिर्जनशिल गायक आफैं संगित सिर्जना र शब्द लेखनमा पनि उत्तिकै दक्खल राख्दछन ।

आफ्नो कतिपय गीतहरुको शब्द / सँगित गायक प्रकाश न्यौपानेकै रहने गरेको छ ।

तीन वटा गिती एल्बमहरु  ‘प्रकाश ट्युन्स’, ‘फ्युजन’, र ‘द राईज’ यस अगाडी नै बजारमा ल्याई सकेका गायकको नयाँ गीतहरु गायकले सार्बजनिक गरी रहेका छन ।

अधिकांश डिजिटल म्युजिक स्टोरहरुमा उन्का गित र एल्बमहरु उपलब्ध रहेका छन ।

 जि युनिटी ब्याण्डसँग आबद्द गायक प्रकाश अहिले भने ब्याण्ड देखी अलग भएर आफैँ साँगितिक यात्रामा अघी बढिरहेका छन ।

 बाँके कोहलपूर देखी राजधानी पसेका गायक प्रकाश न्यौपानेले छोटो समयमा नै महत्वपूर्ण साँगितिक फड्को मारिसकेका छन ।

छिट्टै अर्को भिडियो सार्बजनिक गर्ने तयारिमा जुटिरहेका गायकले आफुलाई नेपाली आर एण्ड बि संगितमा अब्बल गायकको रुपमा स्थापित गर्न नयाँ नयाँ गीत सिर्जनामा तल्लिन बनाई रहेका छन ।