विश्वकप क्रिकेट छनोटमा नेपालको पहिलो जित, हङकङ पाँच विकेटले पराजित

विश्वकप क्रिकेट छनोटमा नेपालको पहिलो जित, हङकङ पाँच विकेटले पराजित

विश्वकप क्रिकेट छनोट अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ। विश्वकप क्रिकेट छनोटमा नेपालको यो पहिलो जित हो।

हङकङले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले नेपालले ४०।४ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि रोहित कुमार पौडेलले नटआउट सर्वाधिक ४८ रन तथा सोमपाल कामीले नटआउट ३७ रनको योगदान गरे ।

त्यस्तै अनिल साहले २६, ज्ञानेन्द्र मल्लले १२, पारस खडकाले ११, दिपेन्द्रसिंह एैरीले १२ र आरिफ सेखले २ रनको योगदान गरे। नेपालको जितसँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ।

क्वालिफायरमा पहिलो जित हात पारेको नेपाल समुह बी मा चौथो हुँदा हङकङ पाँचौमा छ।

अब नेपालले प्लेअफको पहिलो खेलमा समूह ए मा पाँचौ भएको पपुवा न्यू गिनीसाग खेल्नेछ। नेपालले उक्त खेलमा जित हात पारे सातौँ स्थानका लागि प्लेअफ खेल्न पाउने छ।