‘ब्ल्याइन्ड रक्स’को प्रिमियरमा रोए दर्शक

‘ब्ल्याइन्ड रक्स’को प्रिमियरमा रोए दर्शक

 

चलचित्र ‘ब्ल्याइन्ड रक्स’को बुधबार प्रिमियर गरिएको छ । यो शुक्रबारदेखि प्रदर्शनमा आउने बायोपिक फिल्म ‘ब्ल्याइन्ड रक्स’को बुधबार प्रिमियर गरिएको हो ।
सोह्र वर्षको उमेरमा दुबै दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमा बनेको फिल्मले प्रिमियरमा मन जितेको थियो । सृष्टिको भूमिका निभाएकी नायिका वेनिशा हमालले प्रिमियरमा उपस्थित पाहुनाले प्रशंसा गरेका थिए ।

प्रदर्शनरत फिल्म ‘पञ्चेबाजा बाट प्रशंसा पाइरहेका निर्देशक घनश्याम लामिछानले ‘ब्ल्याइन्ड रक्स’ एकदम राम्रो फिल्म रहेको प्रतिक्रिया दिए । सोही फिल्मका स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले भने, ‘कहिलेकाही बन्ने यस्ता फिल्मले हामीलाई नेपाली फिल्मकर्मी हुँ भन्दा गर्व लाग्छ ।’

निकेश खड्काको निर्माण रहेको ब्ल्यान्ड रक्स मा वेनिशा र गौरी मल्ल सँगै अर्पण थापा, बसन्त भट्ट बैंकर अनिल केशरी शाह लगायतको अभिनय छ । प्रिमियरमा सृष्टि आफ्नो परिवारसँग उपस्थित भएकी थिइन् । प्रिमियरमा नायक प्रदीप खड्का, नायिका केकी अधिकारी, रिमा विश्वकर्मा लगायत सेलिव्रेटी उपस्थित थिए ।