‘शत्रु गते’को ट्रेलर सार्वजनिक

‘शत्रु गते’को ट्रेलर सार्वजनिक

फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ। चैत ९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको हो।

सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ। प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गरेका छन्। फिल्म रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसकार, दीपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौड्यालको संयुक्त लगानीमा निर्माण भएको हो।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ भने पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन्। फिल्मको संवाद लेखनमा पनि प्रदीप भट्टराईले हरिवंश आचार्यलाई सहयोग गरेका छन्।

फिल्मलाई दीर्घ गुरुङले छायाँकन गरेका हुन्। फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन छ भने संगीत राजनराज शिवाकोटीले दिनेछन्।

फिल्ममा पल र आँचलबाहेक मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ।

 

https://youtu.be/tdsj7V98MRQ