टुँडिखेलमा साकेला उभौली, विदेशीले पनि नाचे छमछमी (फोटो फिचर)

 टुँडिखेलमा साकेला उभौली, विदेशीले पनि नाचे छमछमी (फोटो फिचर)

यस्तो रह्यो टुँडिखेलमा साकेला उभौली, विदेशीले पनि नाचे छमछमी (फोटो फिचर)

 टुँडिखेलमा साकेला उभौली, विदेशीले पनि नाचे छमछमी (फोटो फिचर)

काठमाडौं – किराँती समुदायको महान पर्व साकेला उभौली शुरु भएको छ । हरेक बर्ष बैशाख पुर्णिमाबाट शुरु हुने किरात समुदायको महान पर्व साकेला उभौली पर्व किराँती समुदायले मनाईरहेका छन् ।

किराती समुदायको बहुल्यता भएको पुर्वी जिल्लाहरुमा विशेष रुपले यो पर्व मनाईन्छ भने प्रकृतिकपुजक किरातीले यस अवसरमा आफ्नो पुर्वज्ञको सम्झना गर्दै भुमिको पुजा गर्ने गर्छन् । त्यस्तै किराँत समुदायको महान् चाड साकेला उभौली राजधानीस्थित टुँडिखेलमा शनिवार भव्य राई र सुनुवार लगायतका समुदायले साकेला सिली नाच्दै, प्रकृति पुज्दैं मनाएका छन् ।

सदाझै बैशाख पुर्णिमा देखि सुरु भएको उभौली प्रदेश नं १, काठमाडौं उपत्यका तथा किरात समुदाय वसोवास गर्ने विभिन्न देशहरुमा भव्यता साथ मनाईदै आईरहेको छ । उपत्यकामा यो बर्ष हात्तिवन स्थित किरात माङखिम, गोकर्ण, ललितपृुर नखिपोछ लगायतका ठाउँमा पुजा गरि विधिवतरुपमा सुरुवात भईसकेको छ। किरात समुदायले आउँदो २९ गते त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर लगायतका ठाउँहरुमा साकेला शिली नाच्ने बुझिएको छ ।

किराती समुदायले खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति नपरोस भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिनादिनसम्म उभौली पर्व मनाउने प्रचलन छ । साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

खेतबारीमा लगाईएको वालीनाली सप्रियोस भनि भूमि पुजा गर्ने गरिन्छ । पृथ्वीमा भएका सबै प्राणिहरु गर्मि छल्न उभो तिर जाने हुनाले उभौली पर्व र जाडो छल्न तलतिर झर्ने हुनाले उधौली पर्व मनाउने गरिदै आएका छन् ।पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापालगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ साकेला मनाईदैछ ।

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा दुईपटक मनाईंन्छ । अहिले किरात बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बनेको छ । किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा खेतीपाती सप्रियोस, रोगव्याधी नलागोस, प्राकृतिक विपत्ति नआओस् भन्ने कामनामा पितृ तथा भूमिको पूजाआजा गरी साकेला पर्व मनाउने प्रचलन रहिआएको छ ।

साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नाच्ने गरिन्छ । विशेष किरातीहरुले आफ्नो घरको मुल चुलामा पुजा गरी साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।

किरात राई यायोक्खाको कार्यालयमा विधिवत पूजाआजापछि साकेला नाच्न सुरु गरिन्छ । सकेवा, साकेला महान पर्व, अर्थात महान चाडको अवसरमा सम्पूर्ण किरात राई, लिम्बू, याक्खा, सुनुवार लगायत किरात समुदायलाई साकेवा, साकेन्वा, साक्ले, साखेवा, तोषी, तोष, फोल्सादार, चासोक तङनाम, च्याब्रुङ केलाङकाृ को रुपमा शुभकामना आदनप्रदान समेत एकअर्कामा बाड्ने चलन छ ।