‘ह्याप्पी डेज’ बैशाख १४ मा रिलिज

 ‘ह्याप्पी डेज’ बैशाख १४ मा रिलिज

 

बैशाख १४ गतेबाट ‘ह्याप्पी डेज’ प्रदर्शनमा आउने भएको छ। केहि समय अघि रिलिज मिति तय गरिए पनि बिशेष कारण बश रिलिज हुन नसकेको चलचित्र ‘ह्याप्पी डेज’ नयाँ मिति तय गरिएको छ।

पटक पटक रिलिज मिति हेरफेर गरिए पनि अब बैशाख १४ चलचित्र रिलिज हुने चाम्सले बताए । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

प्रियंका यहि शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’ को प्रचार लगभग सकिएको हुँदा अब सम्पूर्ण समय ‘ह्याप्पी डेज’ लगाउने बताएको छ ।

साढे २ करोडको बजेटमा चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमानिर्माण भएको यस चलचित्रलाई बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा।अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस चलचित्रको छायांकन लन्डनका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

मोवाईलपाटी बाट