गायिका अमृता लिम्बु बोल्ड अवतारमा

 गायिका अमृता लिम्बु बोल्ड अवतारमा

प्रकाश चाम्लिङ / काठमाडौं – सानोमा गाउँघरमा गीत गाउने र नाच्न मन पराउने अमृता लिम्बु अहिले साच्चिकै गायिका बन्न सफल भएकी छिन् ।
२३ बर्षिया गायिका अमृता लिम्बुले सय भन्दा बढी गीत रेकर्ड गराईसकेकी छिन् भने आफुले गाएको दुई गीतमा उनी स्वयम आफैलेनै अभिनय पनि गरेकी छिन् ।पछिल्लो समय उनको आवाजमा रहेको गीत झुम्के माया, टालाटुली, नुमाफुङ, लुकेर होर्यो जस्ता बोल रहेको गीत निकै चर्चा छन् ।

उनी पाँचथर जिल्लामा जन्मेर केहि बर्ष पहिले गायिका बन्छु भनेरनै काठमाडौं छिरेकी थिईन् । अहिले उनी विभिन्न गीत रेकर्ड गराउनदेखि म्युजिकल कन्सर्टहरुमा व्यस्त हुन्छिन् भने तीन ओटा अन्तर्राष्ट्रिय देशहरुमा पनि साँगीतिक कन्सर्ट गरिसकेकी छिन् ।

शुरुमा अफ्नो लक्ष्यलाई अगाडि बढाउन परिवारको साथ नपाएको बताउने उनी भन्छिन् – ‘अहिले एकदमै खुशि छु, किनकी मैले रोजेको फिल्डलाई मेरो परिवार, आफन्तबाट पनि अहिले सपोर्ट र राम्रो सल्लाह पाएकी छु ।’

आफ्नो परिवार संग टाढा बसेर करिअरलाई अगाडि बढाउंदाको बाध्यता हुँदा कहिलेकाँही दुःख पनि लाग्ने र आफ्नो परिवार र आफन्तलाई धेरै सम्झिने गरेको बताउँछिन् । उनी भन्छिन् – ‘हामी यो जमानामा छौँ, त्यसैले जमाना अनुसार चल्न सिक्नुपर्दो रहेछ, म अलिक मोर्डन र ग्लायमर छु, सो यसैले पनि म अलिक रोमान्टि खालको गीतहरु प्राय गाउन रुचाउछु ।’

मोवाईलपाटी बाट