मोटरसाइकल किन्न छुट्टाएको रकम मार्फत सामुदायिक स्वास्थ ईकाइको भबन निर्माणस्थानसम्म मोटर बाटो

मोटरसाइकल किन्न छुट्टाएको रकम मार्फत सामुदायिक स्वास्थ ईकाइको भबन निर्माणस्थानसम्म मोटर बाटो

 

शान्तिराज राई ओखलढुंगा चैत २१ / अहिले भर्खरै देश सङ्घियतमा गए सङ्गै नयाँ सरचना सङ्गै स्थानीय, प्रदेश, र केन्द्रको निर्वाचन केही समय अगाडि सम्पन्न भएको छ । त्यसै क्रममा केही स्थानीय जनप्रतिनिधिहरु भाले चोर, जबर्जस्ती करणी, रक्सिले कार्यलयमै मातेको समाचारहरु आई राख्दा भने ओखलढुंगा चम्पा देविका वडा नम्बर ७ का अध्यक्ष सुरेश थापा भने उदाहरणिय बन्दै गएका छन ।

थापा जिल्लाकै बिकाशप्रेमी,आफ्नो खुसी भन्दा जनताको खुशी चाहाने,जनताको सेवामा निरन्तर लागी रहने जनताका सेवक ,बिकास निर्माणमा उत्सुक,जागरिलो ,म हैन हामी भन्ने धारणा भएका नेताको रुपमा चिनिन्छन ।

थापाले अफ्नै पहलमा "health unit" स्थापनादेखी लियर आफ्नै निजि  जग्गा उपलब्ध समेत गराएका छन । थापाले भर्खरै सरकारले वडाध्यक्षलाई सवारी साधनको लागि छुट्टाएका रकम सामुदायिक स्वास्थचौकीको निर्माण स्थलसम्म मोटर बाटो खनेका छन ।

उनले भने मैले मोटरसाइकल चढ्दा मलाई फाइदा भएनी समयमा उपचार अभावले कसैको ज्यान नजाओस् भनेर त्यो रकम बाटो खन्न लाएको हु ।