जापानमा ‘लिलिबिलि’को भव्य प्रिमियर

 जापानमा ‘लिलिबिलि’को भव्य प्रिमियर

काठमाडौं – ३० चैतबाट देशभर प्रदर्शनमा आउँने चलचित्र ‘लिलिबिली’को आइतबार साँझ जापानमा प्रिमियर गरिएको छ । जापानको टोकियोस्थित नकानो जिरो हलमा चलचित्र प्रिमियर गरिएको हो ।

प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही लगायत सहभागी थिए । प्रिमियरमा चलचित्रले राम्रो दर्शक पाएको निर्माता गोबिन्द शाहीले जानकारी दिए ।

‘नेपाली चलचित्र यतिको राम्रो बन्नु खुसीको कुरा हो’ प्रिमियरमा केही दर्शकले भनेको कुरा निर्माता गोबिन्दले सुनाए । भने ‘जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको छ । हामीले मिहिनेत गरेर राम्रो चलचित्र बनाएका थियौ । नतिजा एकदमै सुखद मिलिरहेको छ ।’

मिलन चाम्स निर्देशित चलचित्रमा प्रदीप र जसिताको अलवा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचार–प्रसार समेत तीव्र बनाउदै छ । चलचित्र सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो, भने निर्माता गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको समेत लगानी छ ।