’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक

’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक
’मनोकांक्षा-२’ गीतिएल्बम सार्वजनिक

 

गीतकार मुकेश राईको गीतिएल्बम ‘मनोकांक्षा-२’ सार्वजनिक भएको छ । राष्ट्रगानका सर्जक व्याकुल माइलाले बिहीबार एक समारोहबीच सार्वजनिक गरेका हुन् । राईको यो चौथो कृति हो ।

उनका यसअघि ‘अनुभूतिका रङहरु’ (कवितासंग्रह, २०६८), मनोकांक्षा (गीतिएल्बम, २०७०) र रङ जिन्दगीको (गीतिसंग्रह, २०७२) प्रकाशित भइसकेका छन् ।

गीतकार बेलायतमा रहेर कविता र गीत विधामा कलम चलाउँदै आएका छन् । सार्वजनिक गरिएको ‘मनोकांक्षा-२’ एल्बममा आठवटा गीत समेटिएका छन् । जसमा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दु:खमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, फिक्का फिक्का भाको छ’ र ‘के कुरा वसन्तको’ बोलका गीत छन् । यसमा क्रमश: ताराप्रकाश लिम्बू, राजेशपायल राई र बानिका प्रधान, मेलिना राई, मिलन अमात्य, प्रमोद खरेल र अमृता लिम्बूको आवाज रहेको छ । ती गीतहरूमा ताराप्रकाश लिम्बू र हरि लम्सालले संगीत दिएका छन् ।

 

उक्त गीतिएल्बमबारे विनोदध्वज खड्का, कवि/गीतकार स्वप्निल स्मृति, तुल्सी बस्नेतलगायतले चर्चा गरेका थिए । गीतकार राईको जन्म ४९ वर्षअघि पूर्वी नेपालको इलाम जिल्ला पशुपतिनगर-४ मा भएको हो । आमा रत्नकला राई र बुवा जसबहादुर राई (थुलुङ)को जेठा छोरा उनी एसएलसीसम्मको अध्ययनपछि ब्रिटिस आर्मीमा भर्ती भएका थिए ।

सन् १९९० मेईमा भर्ती भएका उनका ब्रिटिस गोर्खा सेनाका क्वीन्स ओन गोर्खा लजिस्टिक कोर मा (QOGLR) मा १७ वर्ष सेवा गरी अवकाश लिएका थिए । अवकाशपछि बेलायतमा बस्दै आएका छन् ।-कान्तिपुर डेलीबाट साभार