मेडवे नेपाली कम्युनिटीको नेपाली नयाँ बर्ष मनाउने तयारी

मेडवे नेपाली कम्युनिटीको नेपाली नयाँ  बर्ष मनाउने तयारी

 

युके केन्टको मेडवेमा रहेका नेपालीहरुको संस्था ‘गोर्खा नेपाली कम्युनिटी मेडवे’ Gurkha Nepalese Community Medway (GNCM) ले आईतबार २५ मार्चका दिन कार्यसमिती बैठक बसेर आगामी बर्ष भरी कम्युनिटिले आयोजना गर्ने कार्यक्रम सुची तयार गर्दै आगामी अप्रिल १४ तारिख शनिबार साँझ नयाँ बर्ष मनाउने निर्णय गरेको छ ।

‘गोर्खा नेपाली कम्युनिटी मेडवे’का अध्यक्ष भिम राईको अध्यक्षतामा सम्पन्न औपचारिक बैठकमा सल्लाहकारहरु, मेडवे काउन्सिलका काउन्सिलर टासी भुटिया र मोहन थापा, उपाध्यक्ष प्रेम राई, महा-सचिब चेत थापा, कोषाध्यक्ष आशा थापा साथै मोहन सिं तामाङ, कृती राई, सशी राई, ईन्द्र राई, स्मृती राई लगायत अन्य सदस्य र कम्युनिटिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

रोयल ईन्जिनियर्स म्युजियमको सभा कक्षमा सम्पन्न बैठकले कम्युनिटीलाई कसरी प्रभाबकारी ढंगले समाजमा रहेका बिबिध बिषयलाई समेटेर शिक्षा मूलक सेवा मूलक र यहाँ बसोबास गर्नेहरु बिच आपसी मेलमिलाप र भाईचारा अनि परेको बेला सरसहयोग गरागर गर्ने बाताबरण सिर्जना गर्न सकिन्छ ? भन्ने कुरामा जोड दिएर सबै कम्युनिटी सदस्यहरुलाई हरेक कुरामा सहभागी बनाउने लक्ष लिएर कार्य गर्ने प्रतिबद्दताका साथ कार्य गर्ने र त्यहिं अनुरुप कार्य गरिरहेको जानकारी अध्यक्षले दिनु भयो ।

सल्लाहकार टासी भूटिया काउन्सिलर पनि हुनु भएकाले काउन्सिलबाट उपलब्ध हुन सक्ने बिबिध सेवा सुबिधाहरुका बारेमा कम्युनिटिलाई सहयोग पुगिरहेकाले कम्युनिटिका तर्फबाट अध्यक्षले धन्यबाद ज्ञापन गर्दै आगामी भबिश्यमा पनि यो सहयोग निरन्तर रहने तर्फ आशाबादी रहेको बताउनु भएको थियो ।

यस अघी नेपालीहरुलाई आवश्यक पर्दा चलाउन पाउने गरेर मेडवे काउन्सिलको सहयोगमा जिलिङ्घाम स्थित समाधीस्थलमा गोर्खा नेपालीहरुका लागी समाधिस्थल उपलब्ध गराएको छ ।

आगामी निकट भबिश्यमा युबा कमिटी, महिला कमिटी र समाजका अग्रजहरुलाई समेट्ने गरेर पाको अथबा बृद्दहरुको संयोजक पनि तोकेर कम्युनिटिलाई एक सुत्रमा बाँधेर अघी लाने योजना बनाई अगाडी बढ्ने योजना रहेको पनि अध्यक्ष भिम राईले बताउनु भयो ।

नयाँ बर्ष २०७५ को कार्यक्रमको संयोजनका लागी बैठक बोलाईइएको भए पनि समय सदुपयोग गर्दै कार्य समितिले बिभिन्न बिषयमा छल फल र निर्णय गरेको थियो ।