गायिका बबिनालाई नाकाबन्दीले पनि रोक्न सकेन ! (भिडियो)

गायिका बबिनालाई नाकाबन्दीले पनि रोक्न सकेन !  (भिडियो)

काठमाडौं  – गायिका बबिना किराँतीको पूर्वेली गीतको क्यासेट भखैरै सार्वजनिक भएपश्चात पछिल्लो समय निकै चर्चामा छिन् । गायिका बबिना निकै ब्यस्त छन् । उनी अहिले आफ्नो पहिलो एल्वम बजारमा आए पश्चात निकै चर्चामा रहेका गायिका वविना पछिल्लो समय विभिन्न साँगीतिक कार्यक्रम र विभिन्न अन्र्तवार्ताहरुमा उनी व्यस्त छिन् ।

बबिना किराँतीको आवाजमा ‘माथि माथि हिमाली भेग्मा’ बोलको पूर्वेली गीतको क्यासेट सार्वजनिक गरिएको भिडियोमा उनी स्वयम आफैले मोडल पनि गरेका छन् ।
विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ ।

निर्देशक युवराज वाइवाको निर्देशन र उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा गायिका स्वयम् बबिना किराँती र आशीष मगरलाइ देख्न सकिन्छ ।

माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको गीत भएको कारणले पनि बजार पाउने गायिका किराँतीको भनाइ छ ।
उनी भन्छिन् – ‘एकदमै धेरै श्रोताहरुले माया सपोर्ट गर्नु भएको छ, म एकदमै खुशि छु ।’
‘गर्छु भन्दा गर भनेर सपोर्ट गर्दिने मान्छे भयो भने त्यो भन्दा ठुलो सहज र सफल्ताको लागि बाटो अरु नहुने उनी बताउँछिन् ।’
यति धेरै गायक गायिकाहरुको भिडमा म त भर्खरै आएको एउटा नयाँ कलाकार भएकाले अझै धेरै गर्न बाँकी रहेको बताउँछिन् ।

भिडियो अन्तर्वार्ता