चेल्सीलाई ३-० हराउँदै वार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

चेल्सीलाई ३-० हराउँदै वार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं १ चैत – बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चेल्सीलाई ३-० हराउँदै वार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । यस्तै डेम्बेलेले थप एक गोल गरे ।

पहिलो लेगमा १(१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ४(१ ले विजयी बन्यो । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै मेस्सीको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा डेम्बेलेले गोल गरे । खेलको ६३ औं मिनेटमा मेस्सीले दोेस्रो गोल गरेपछि बार्सिलोनाले ३(० को जित निकाल्यो ।

चेल्सीका मार्कोस एलोन्सोको प्रहार बारमा लागेको थियो भने उनकै एक पेनाल्टी अपील अस्वीकार भएको थियो ।

यसअघि च्याम्पिन्स लिगमा एक सय गोल गरेको रेकर्ड रोनाल्डोको नाममा थियो । अब मेस्सीले पनि रोनाल्डोसँग बराबरी गरेका छन् । मेस्सीले १२३ खेलमा १०० गोल पूरा गरेका हुन् । रोनाल्डोले १४४ खेलबाट १०० गोल पुर्याएका थिए ।

यसैगरी बुधबार राति भएको अर्को खेलमा बेसिक्टासलाई ३(१ ले हराउादै वायर्न म्युनिखले पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।