‘बाबाकी प्यारी छोरी’ जसले मलाई यो टाईटल दिनुभयो ? (भिडियो अन्तर्वार्ता)

‘बाबाकी प्यारी छोरी’ जसले मलाई यो टाईटल दिनुभयो ? (भिडियो अन्तर्वार्ता)

काठमाडौँ ३० फागुन – नेपाल आइडलको टप–५ चर्चित गायिका सुजाता पाण्डेले भर्खरै आफ्नो नयाँ गीत दर्शकमाझ ल्याएर आएकी छिन् ।

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज नेपाल आईडलको टप-५ बाट बाहिरिएकी सुजाता पाण्डेले आफ्नो नयाँ गीत भर्खरै दर्शकमाझ ल्याएर आएकी हुन् ।

नेपाल आईडलबाट बाहिरिएपछि केहि समय रियाज र गीतको तयारीमा व्यस्त रहेकी बताउने उनले आफ्नो भर्खर ल्याएको यो गीत युटुवमा लगाएको २४ घण्टा नपुग्दै लाखौँले हेरेको र राम्रो प्रतिक्रिया पाएकी छु भन्दै खुशि ब्यक्त गरेकी छिन् ।

गीत रुद्र ज्ञवालीको शब्द र तेज प्रसाद पाण्डेयको संगीत रहेको ‘कोहि भन्छन् ‘ बोलको उक्त गीतको म्युजिक भिडियोमा नेपाल आइडलकी होस्ट रीमा बिश्वकर्मा र निराजनको अभिनय हेर्न सकिन्छ ।

लक्ष्मन पौडेलको निर्देशन रहेको भिडियोलाई शिव राम श्रेष्ठले खिचेका छन् भने भिडियोलाइ सोहन मानन्धरले सम्पादन गरेका हुन् ।

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको पहिलो संस्करण पोखराका बुद्ध लामाले जिते भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेस्रो भएका थिए ।

अहिले नेपाल आइडलका टप-३ प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन् भने टप ३ प्रतियोगीहरू मात्र नभई अन्य प्रतियोगीहरू पनि नयाँ गीत सार्वजनिक र कार्यक्रमहरूमा व्यस्त रहेका छन् ।

साँगीतिक विषय र गायिका सुजाता पाण्डेलाई अझै धेरै नजिकबाट नियाल्ने प्रयास हामीले मोवाईल पाटीमार्फत गरेका छौँ । उनी सँग गरिएको भिडियो अन्तर्वाता तलको लिंकमा गएर क्ल्कि गर्न सक्नुहुनेछ ।

 

https://youtu.be/eq23TukimYg