गोली प्रहार गरेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

गोली प्रहार गरेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

काठमाडौँ - कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार घटनामा संलग्न रहेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको बताईएको छ ।

सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले उनी माथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको थियो ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

यसअघि, नेकपा माओवादील मेयर चौधरीमाथि कारवाही गर्ने विज्ञप्ती जारी गरेको थियो । राजीनामा नगरे कारवाही गर्ने विज्ञप्तीमा थियो ।

घटनापछि सो पार्टीले केही जिम्मेवारी लिएको छैन् । सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको नेकपाको कैलाली पार्टी कमिटिले विज्ञप्ती जारी गरेको थियो । अन्य आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।