गायिका मेलिना राईको फेसबुक पेज भेरीफाईड

गायिका मेलिना राईको फेसबुक पेज भेरीफाईड

नेपाली कला क्षेत्रसँग संबद्द कलाकारहरु मध्य सबै भन्दा धेरै फेसबुक पेज र प्रोफाईल भेटिने गायिका मेलिना राईको अफिसियल फेसबुक पेज भेरीफाईड भएको छ ।

अत्यन्तै धेरै नक्कली फेसबुक पेज र प्रोफाईलका कारण गायिका मेलिना राईको फ्यान र शुभचिन्तकहरु अन्योलमा कहिले कुन कहिले कुन पेज र प्रोफाईललाई लाईक र फलो गर्न बाध्य थिए, अब भने निलो गोलाकार भित्र सेतो टिक भएको भेरीफाईड पेज गायिकाको अफिसियल पेज भनेर चिन्न सजिलो हुने भएको छ ।

नेपाली गायनमा अत्यधिक बढी सुनिएको गीत “कुटुमा कुटु सुपारी दाना” गायिका नेपाली गायनकी राजकुमारीको रुपमा नेपाली गित सँगित पारखीहरुको मनमा बस्न सफल छिन । कर्णप्रिय श्वरकी धनी गायिकाको रुप पनि उस्तै सुन्दर हुनु सुनमा सुगन्ध जस्तै भएको उन्का शुभचिन्तकहरु स्विकार गर्छन ।

श्वर र रुपकि धनी सुन्दरी गायिकालाई फलो गर्ने र हेर्न चाहनेहरुको चाहानाको फाईदा उठाउँदै धेरैले मेलिना राईको फोटो र नाम राखेर सयौं एकाउन्ट खोले पछी असलि एकाउन्ट छुट्याउन गाह्रो भएकैले नक्कली एकाउन्टहरुमा पनि लाखौँ लाईक र फलोवर्स देख्न सकिन्छ ।

अब भने गायिका मेलिना राईको आधिकारिक अफिसियल पेज भेरीफाईड भएकाले उनका शुभचिन्तक र फ्यानहरुको अन्योलता हटेको छ ।

अहिले गायिका मेलिना पूर्बको साँगितिक महोत्सब यात्राका क्रममा धनकुटामा पुगेको उनको फेसबुक अपडेटमा देख्न सकिन्छ ।

अत्यन्तै ब्यास्त कलाकारहरुको पहिलो लाईनमा आउने गायिका मेलिना राई अहिलेकी अत्यन्तै धेरै डिमाण्ड रहेको गायिका पनि हुन । अबिबाहित गायिकाको अहिले सम्म प्रेमी रहे नरहेको कुनै जानकारी मिडियामा आएको छैन ।सुन्दरी कुमारी गायिकाको ब्याग्तिगत र साँगितिक कुराकानिका लागी सम्पर्ग गर्न खोज्दा सम्पर्ग हुन सकेन ।