प्रतिनिधि र राष्ट्रिय सभाका सदस्यको सपथ कार्यक्रम सम्पन्न

प्रतिनिधि र राष्ट्रिय  सभाका सदस्यको सपथ कार्यक्रम सम्पन्न

प्रतिनिधि र राष्ट्रिय  सभाका सदस्यको पद तथा गोपनियताको सपथ कार्यक्रम सम्पन्न भएको छ।

दुबै सदनका जेष्ठ सदस्यले अन्य सदस्यलाई नयाँ बानेश्वरस्थित संसद भवनमा सपथ खुवाएका हुन्।

पहिला  प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्यलाई सपथ खुवाएका थिए भने त्यसको केहीबेरमा  राष्ट्रिय सभाकी जेष्ठ सदस्य तारादेवी भट्टले ५६ जना सदस्यलाई सपथ खुवाएकी थिइन्।

राष्ट्रिय सभामा निर्वाचित एमाले सांसद कोमल वलीले संसद भवन छिर्नु अघि आफू ‘नर्भस’ भएको बताए पनि सपथ कार्यक्रममा उनको मुहारको चमक भने अर्कै थियो। आफू पहिलोपटक संसद भवनमा छिर्न लागेकोले आफू ‘नर्भस’ भएपनि यसलाई सामान्य रूपमा लिने उनले बताएकी थिइन्।

सपथपछि सांसदहरूले  सांसदको लोगो लगाएका थिए।