इजिप्टमा रेल दुर्घटना: १५को मृत्यु, ४० घाइते

इजिप्टमा रेल दुर्घटना: १५को मृत्यु, ४० घाइते

इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन्।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत् नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिएका छन् ।